मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया

ratopati.com · Sun Oct 18 11:15:00 GMT 2026

काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ ओसारपसार अवैध तथा आपराधिक कार्य हो । पैसाको लालचमा यस्ता आपराधिक कार्य गर्नेहरूले यत्तिको घुमाउरो बाटो र कठिन शैली किन अपनाउँछन् भन्नेबारे प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

प्रहरीले थाइल्याण्डबाट आउने नेपाली तथा थाइ नागरिकमाथि लागु औषध कारोबारको आशङ्कामा निगरानी बढाएपछि विमानस्थलमा तैनाथ सुरक्षाकर्मीको आँखा छल्न तस्कर गिरोहले म्यानमारका नागरिकलाई प्रयोग गर्न थालेको पाइएको छ । यतिमात्र होइन, तस्करहरूले थाइल्याण्डबाट काठमाडौँ आउने सोझो उडान प्रयोग नगरी अन्यत्र ट्रान्जिट बनाएरसमेत काठमाडौँ आउने प्रबन्ध मिलाएर पनि सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गर्दछन् । यसका बाबजुद प्रहरीले त्यसरी ल्याइएको लागु औषधसहित भरियालाई पक्राउ गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)