एक ट्यांकर तेलमा ढुवानीकर्ता र पम्पलाई अढाइ लाख फाइदा
onlinekhabar.com · Sun Oct 01 16:36:06 GMT 2023
१४ असोज, काठमाडौं । नेपाल आयल निगमले सिन्डिकेटधारी ढुवानीकर्ता तथा पेट्रोल पम्पलाई अत्यधिक नाफा कमाउन दिएर उपभोक्तालाई चरम मूल्यवृद्धि गराइरहेको देखिएको छ । एक लिटर पेट्रोलमा निगमले ढुवानी भाडाबापत मात्रै ६ रुपैयाँ २४ पैसा तिर्ने गरेको छ । यसअनुसार एक ट्यांकर (२० हजार लिटर) पेट्रोलको ढुवानीबापत निगमले १ लाख २४ हजार ८ सय रुपैयाँ तिर्छ ।
ढुवानीकर्ताहरुलाई मात्रै होइन, आयल निगमले उपभोक्ता लुटेर पेट्रोल पम्पहरुको खल्ती भर्ने काम समेत गरिरहेको छ । निगमले एक लिटर पेट्रोल विक्री गरेबापत ६ रुपैयाँ १४ पैसा पेट्रोल पम्पहरुलाई दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)