सिग्देल नेपाली सेनाको प्रधानसेनापति
ekantipur.com · Mon Sep 09 23:23:43 UTC 2024
काठमाडौँ — प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त भएका छन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दर्ज्यानी चिह्न प्रदान गरेसँगै सिग्देलले शपथ लिएर मुख्यालय जंगीअड्डा पुगी औपचारिक रूपमा कमान्ड सम्हालेका छन् ।
करिब ९६ हजार फौज कार्यरत सेनामा सिग्देलले २०८४ भदौ २४ सम्म नेतृत्व सम्हाल्नेछन् । प्रभुराम शर्मा तीनवर्षे कार्यकाल पूरा गरी नियमित अवकाशमा गएसँगै सिग्देललाई मन्त्रिपरिषद्को सिफारिसमा भदौ १२ मै प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)