मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी रकम दुरुपयोगको आरोप

ekantipur.com · Mon Sep 09 23:41:55 UTC 2024

काठमाडौँ — सत्तारूढ कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ भने संसद्मा समेत प्रश्न उठेको छ ।

ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बताए । ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग गर्दै उजुरी दिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)