फुजेल हत्याकाण्डका सबै आरोपीले पाए सफाइ
rajdhanidaily.com · Sun Apr 11 23:04:13 GMT 2021
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ । न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो ।
वि.सं २०६१ साल २४ जेठमा कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा प्रक्रिया अघि बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)