दाहाल, देउवा र नेपाललाई घरघरमै पुगेर पौडेलले दिए धन्यवाद
deshsanchar.com · Thu Mar 09 16:20:45 GMT 2023
काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी धन्यवाद दिएका छन्। पौडेलले प्रधानमन्त्री दाहालको बालुवाटारस्थित निवासमै पुगेर उनलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
त्यस्तै, उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उनीहरुको निवासमै पुगेर धन्यवाद व्यक्त गरेका छन्। उनले नेपालको कोटेश्वरस्थित निवास तथा देउवाको धुम्बाराहीस्थित निवासमै पुगेर नेताद्वयलाई धन्यवाद दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)