काठमाडौंमा स्कुटर चोरी गर्ने दुई जना पक्राउ, चोरी भएको स्कुटर नयाँ बसपार्कमा फेला
kendrabindu.com · Mon Oct 19 02:19:44 GMT 2026

काठमाडौँ । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भई हाल सोही स्थान बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)