चाडपर्वमा तस्करी, प्रहरीले हरेक दिन समाउँछ लाखौका सामग्री
gorkhapatraonline.com · Mon Oct 19 04:14:25 GMT 2026

कपिलवस्तु प्रहरीले एकै बिहान जिल्लाका दुई स्थानबाट चार लाख ३४ हजार दुईसय रुपियाँ मूल्य बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ ।
शिवराजबाट तयारी कपडा तथा यशोधराबाट पटका, चिनी र खेलौना बरामद गरिएको हो । शिवराज नगरपालिका–१ शिवपुरीस्थित कोलनी चोकमा आइतबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट रोल्पातर्फ जाँदैगरेको लु २ ख २९६६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा तीन लाख ३१ हजार दुईसय रुपियाँ मूल्यका बिलबिजक नभएका तयारी कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)