मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वी नाकाबाट गाई-गोरु तस्करी- बंगलादेशसम्म पुग्छन् नेपाली चौपाया

lokaantar.com

राष्ट्रिय जनावर गाई र गोरुको व्यावसायिक ओसारपसार तथा निकासी कानुनत: पूर्णत: वर्जित छ । तर, पूर्वी नेपालका सीमावर्ती जिल्लाहरू पछिल्लो समय भारत हुँदै बङ्गलादेशसम्म पुग्ने अन्तर्राष्ट्रिय गाई–गोरु तस्करीको मुख्य ‘ट्रान्जिट करिडोर’ बनेका छन् ।

विशेषगरी मोरङ, झापा र सुनसरीलाई केन्द्र बनाएर सञ्चालन भइरहेको यो त्रिदेशीय संगठित सञ्जालले दैनिक सयौँको संख्यामा चौपाया अवैध रूपमा सीमा पार गराइरहेको छ । खुला सीमा, फितलो सुरक्षा निगरानी र स्थानीय तहदेखि सुरक्षा निकायका तल्ला युनिटहरूसम्मको सेटिङका कारण वर्षौँदेखि यो अवैध धन्दा निर्वाध रूपमा फस्टाइरहेको स्थानीय बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)