काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ
kendrabindu.com · Mon Oct 19 07:03:01 GMT 2026

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४:३० बजेतिर काठमाडौंको दक्षिणकाली नगरपालिका–५,फर्पिङस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको ट्रामाडोल बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)