राजनीतिक दलले चन्दा असुल्छन्, हिसाबमा देखाउँदैनन्
ekantipur.com · Tue Sep 07 00:49:11 GMT 2021
काठमाडौँ — राजनीतिक दलको मुख्य आम्दानीको स्रोत के हो ? प्रस्ट छ– विभिन्न व्यक्ति र संस्थाले दिने चन्दा । तर, केही वर्षयता प्रमुख राजनीतिक दलको हिसाब हेर्ने हो भने उनीहरूले चन्दा र सहयोग खासै देखाएका छैनन् । अधिकांश दलको लेखा परीक्षण प्रतिवेदनमा चन्दा र सहयोग भन्ने अनुसूचीमा कतैबाट लिएको देखाइएको छैन । जबकि राजनीतिक दललाई चन्दा दिएको उद्योगपति, व्यापारीले सार्वजनिक मञ्चमै बताउने गरेका छन् ।
२०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालीन नेकपाको दुई वर्षको कागजी हिसाब हेर्ने हो भने कतैबाट चन्दा लिएको देखिँदैन । गत फागुनमा सर्वोच्च अदालतको आदेशले दुई पार्टी पूर्वावस्थामा फर्कनुअघि तीन वर्षभन्दा बढी अवधि नेकपा सबैभन्दा ठूलो दलका रूपमा कायमरह्यो । नेकपासहित अन्य दलले दुईवटा आर्थिक वर्षमा गरेका कारोबारलाई कान्तिपुरले केलाउने प्रयास गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)