बलिउड अभिनेता टाइगर श्रोफको गाडीमा गोली चलाउने तीन अभियुक्त कोटाबाट पक्राउ, नेपाल भाग्ने योजनामा थिए
clickmandu.com · Mon Oct 19 09:12:47 GMT 2026

एजेन्सी । भारतको मुम्बईमा बलिउड अभिनेता टाइगर श्रोफको गाडीमा गोली चलाएको आशंका गरिएका तीनजनालाई सोमबार राजस्थानको कोटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । द इन्डियन एक्सप्रेसले कोटा शहरकी प्रहरी उपरीक्षक (एसपी) तेजस्वनी गौतमलाई उद्धृत गरेअनुसार, ती तीनैजना दिल्ली हुँदै नेपाल भाग्ने योजना बनाइरहेका थिए ।
मुम्बई प्रहरीबाट प्राप्त सूचनाका आधारमा राजस्थान एन्टी–ग्यांगस्टर टास्क फोर्स (एजीटीएफ) र कोटा सिटी प्रहरीको संयुक्त टोलीले पुणे–जयपुर एक्सप्रेसमा यात्रा गरिरहेका तीनैजना अभियुक्तलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)