पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
ratopati.com · Mon Oct 19 12:26:33 GMT 2026

जनकपुरधाम। पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ७५ लाख ४४ हजार रुपैयाँ बराबरका सामानसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज महिनामा जिल्लाभरि विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, महिला तथा बालबालिकासम्बन्धी ६ र आत्महत्यासम्बन्धी ४ घटना छन्। सवारी ज्यानका २ र अन्य प्रकृतिका ४ घटना पनि दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)