प्रहरी सई र युवतीको भिडिओ भाइरल: ‘मर्यादा विपरीतको कार्य’ कि गोपनीयताको हनन ?
techpana.com · Tue Aug 18 03:22:40 GMT 2026

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ४ भकुण्डेवेशीस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) गणेश कुमार श्रेष्ठ एक युवतीसँग मध्यरातमा होटलमा रहेको अवस्थाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका श्रेष्ठले पदीय मर्यादा विपरीतको कार्य गरेको आरोप लगाउँदै स्थानीयले भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
भाइरल भिडिओमा स्थानीयहरू प्रहरी टोलीसहित होटलको एक कोठामा पुगेको देखिन्छ । उक्त कोठा त्यहाँकै गेस्ट हाउसको भएको बताइएको छ । त्यहाँ उनीहरूले सई श्रेष्ठलाई भाग्न दिन नहुने भन्दै केरकार गरिरहेका छन् । भिडिओमा श्रेष्ठ कोठाबाट निस्किन खोजिरहेका देखिन्छन् भने ओछ्यानमा रहेकी महिला मुख छोपेर बसेकी छिन् । भिडिओमा श्रेष्ठसँगै ती महिलाको अनुहारलाई समेत जुम गरेर देखाउन खोजिएको छ, जसका कारण उनको पहिचान खुल्ने अवस्था देखिन्छ । महिलाले सकेसम्म आफ्नो अनुहार लुकाउने प्रयास गरिरहेकी छिन् । तर एक व्यक्ति उनको अनुहार अगाडि नै मोबाइल लगेर भिडियो खिच्न खाेज्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)