‘लोकतन्त्रको लकआउट’ र ‘सल्लाह गरौंला’को लाचारी
rajdhanidaily.com · Mon Feb 28 23:32:00 GMT 2022
भारतका तत्कालीन प्रमुख निर्वाचन आयुक्त टीएन शेषनले एकपटक भनेका थिए ‘मै नास्तेमे राजनिज्ञोको खाता हुँ ।’ उनलाई चन्द्रशेखर प्रधानमन्त्री रहेको समयमा प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्ति गरिएको थियो । उनले सो पद पाऊँ भनी कसैसँग अनुरोध गरेका थिएनन् । शेषनलाई नियुक्ति दिलाउन वाणिज्यमन्त्री सुब्रमन्यम स्वामीले विशेष पहल गरेका थिए । त्यो नियुक्ति सम्बन्धमा कांग्रेस नेता राजीव गान्धीले भनेका थिए, ‘यो दाह्रीवाला (चन्द्रशेखर) त्यो दिन सम्झेर आफैंलाई गाली गर्नेछ, जुन दिन उसले शेषनलाई प्रमुख निर्वाचन आयुक्त बनाउने निर्णय गरेको थियो ।’
निर्वाचन आयोगमा आउनु केही समयअघि शेषन आन्तरिक सुरक्षा मन्त्रालयको सचिव पदमा कार्यरत थिए । एक दिन प्रधानमन्त्री राजीव गान्धी अन्य केही मानिसलाई साथमा लिई दौडने भन्दै इन्डिया गेटमा पुगेछन् । शेषन त्यहीं थिए । राजीवले दिल्लगी गर्दै भने, ‘के ठिंग उभिइरहेको ? आउनुहोस् तपाईँ पनि दौडनुहोस् ।’ शेषनले तत्काल उत्तर दिएका थिए, ‘यहाँ कोही ठिंग उभिन्छ, ताकि देशको प्रधानमन्त्री दौडन पाओस् ।’ (बीबीसी) शेषन प्रमुख निर्वाचन आयुक्त बन्नुअघि अधिकांश भारतीय मतदातालाई देशमा निर्वाचन आयोग भन्ने संस्था छ भन्ने पनि ज्ञान थिएन । जो आयोग छ भन्ने जान्दथे, तिनीहरूलाई निष्पक्ष चुनाव सम्भव छ भन्नेमा विश्वास थिएन । टीएन शेषनले निर्वाचन आयोग एक स्वतन्त्र संवैधानिक निकाय हो र निष्पक्ष निर्वाचन सम्भव छ भन्ने कुराको सन्देश सर्वसाधारण जनतासामु पु¥याए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)