मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको रवैयामा ओलीको ऐक्यबद्धता

ekantipur.com · Mon Feb 06 01:20:19 GMT 2023

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पाएको भन्दै प्रश्न गरेका छन् । उनले नागरिकताका विषयमा उजुरी गर्नेमाथि समेत प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार लामिछानेको प्रसंग निकाल्दै ओलीले भने, ‘उजुरीकर्ता व्यक्तिलाई के मर्का पर्‍यो ? के सरोकार, के सम्बन्ध हो र के मर्का पर्‍यो ? के अन्याय पर्‍यो र न्याय खोजेको हो ? एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ । यो फैसलाले कसले न्याय पायो ?’ उनले सर्वोच्चको निर्णयलाई भने आफूहरूले मान्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)