उपसभामुखको जाहेरीमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
clickmandu.com · Tue Aug 18 10:15:44 GMT 2026

काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ । उपसभामुख रुवीकुमारी ठाकुरले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जीका लागि माग गरेको अनुमतिलाई अदालतले अस्वीकार गरेको हो ।
उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर, ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएकी थिइन् । ‘जनआस्था’को फेसबुक पेज र अनलाइनमार्फत आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा चरित्र हत्या गर्ने नियतले भ्रामक र अनर्गल समाचार सम्प्रेषण गरेको उपसभामुखको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)