सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाको मान्यतामाथि गम्भीर प्रहार : कमल थापा
ratopati.com
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला र परमादेशले संसदीय व्यवस्थाको मान्यतामाथि गम्भीर प्रहार भएको बताएका छन् । अध्यक्ष थापाले अदालतको यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, ‘आजको फैसलाले केपी ओलीको ज्यादतीबाट पीडितहरुका लागि तत्कालका निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक असर रहने निश्चित छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)