सर्वोच्चबाट साधारण तारेखमा रिहा भए डिएसपी कुमोद ढुंगेल
farakdhar.com · Fri Feb 05 17:33:53 UTC 2021
काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलका पक्षमा फैसला गरेको छ। सर्वोच्चले यसअघि काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई नै सदर गरिदिएको हो।
शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई सदर गरेको हो। आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका ढुंगेल जिल्ला अदालतको आदेशपछि रिहा भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)