रविलाई गैरकानुनी थुनाप्रति न्यायालय कति संवेदनशील ?
barnanmedia.com · Mon Apr 21 21:30:32 GMT 2025

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने अहिले रुपन्देही जिल्ला कारागारमा छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको चैत २२ गतेको आदेशलगत्तै उनलाई काठमाडौँबाट निवासबाटै पक्राउ गरिएको थियो । तर, रविलाई पक्राउ गरेदेखि थुनामा पठाउँदासम्म पाइलैपिच्छे कानुन र संविधान मिचिएको छ ।
रवि रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी राखेर साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न पाउने गरी छुटेका थिए । उनी नियमित अदालतमा उपस्थित हुँदै पनि आएका थिए । उनी कतै भागेर गएका थिएनन् । कुनै अदालतको आदेश अवज्ञा गरेका थिएनन् । कतै म्याद गुजारेका थिएनन् । एकपटक म्याद गुज्रिएछ भने पनि उनले थामी पाउने सुविधा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)