गाजासहित तीन जना पक्राउ
ekantipur.com · Tue Feb 06 16:53:42 GMT 2024
रौतहट — रौतहट प्रहरीले देवाही गोनाही नगरपालिकाबाट मंगलबार लागूऔषध गाजा ओसारपसार गरेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरीले देवाही गोनाही–८ स्थित गोनाही बजारमा जयनगरबाट गोनाही बजार आउँदै गरेको प्रदेश ०३–००१ ह २५२४ नम्बरको डाफेलाई जाँच गर्ने क्रममा १० किलो ३ सय ग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)