मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनमोललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

rajdhanidaily.com · Mon Oct 02 01:17:51 GMT 2023

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबारबाट आइतबारसम्म तीन दिनको अनुमति अदालतले दिएको हो ।

आपराधिक विश्वासघातको उजुरीमा अभिनेता अनमोल १२ असोज शुक्रबार साँझ भक्तपुरको साँगाबाट पक्राउ परेका थिए । प्रहरी हिरासतमा रहेको बेला शुक्रबार रातिबाटै आपूmलाई अस्वस्थ देखाउँदै काठमाडौंको महाराजगन्जस्थित चिरायू अस्पतालमा रहेका अनमोललाई आइतबार मध्यान्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सो अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अब अभिनेता अनमोललाई सोमबार अदालतमा पुनः काठमाडौं जिल्ला अस्पतालमा बयानका लागि उपस्थित गराइने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)