प्रहरी कार्यालयमा आगजनी गरेको अभियोगमा तीनजना पक्राउ
baahrakhari.com · Mon Nov 10 17:13:26 GMT 2025

भक्तपुर । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सूर्यविनायक नगरपालिका–९ पलासेका सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै आएका छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षे सुरेश बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)