पत्रकार हुँ भन्दै गालीगलौज गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा
ekantipur.com · Tue Oct 14 17:22:01 GMT 2025

राजविराज — सप्तरीमा प्रहरीलाई गालीगलौज गरेको आरोपमा एक जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर नगरपालिका–२ बस्ने ३८ वर्षीय मनोज मानव भनिने मनोज महतोमाथि मुद्दा चलाइएको हो ।
जिल्लाको राजविराज नगरपालिका–५ बाट सोमबार नियन्त्रणमा लिइएको महतोलाई मंगलबार अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिएर अनुसन्धान भइरहेको डीएसपी डम्बरबहादुर पुरीले बताए । उनका अनुसार सोमबारै महतोले १०० नम्बरमा फोन गरेर पत्रकार हुँ भन्दै ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज र अपशब्द प्रयोग गर्दै आफ्नो नम्बर मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)