आफ्ना समर्थकलाई मात्र सुटुक्क खोप दिएको भन्दै राति सबा नौ बजे मेयर पराजुलीलाई टोलबासीले लखेटे
pahilopost.com · Wed Jul 28 17:17:26 GMT 2021
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई उनले आफ्ना समर्थक मात्र बोलाएर सुटुक्क खोप दिएको भन्दै राति सवा ९ बजे विराटनगरको मुनालपथबाट स्थानीय युवाले लखेटेका छन्।
स्थानीय युवा प्रवीण निरौला भारद्वाजका अनुसार प्रमुख पराजुलीले विराटनगर वडा नम्बर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेका थिए। टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई लखेटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)