मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई थुनामा पठाउने आदेश

rajdhanidaily.com · Sun Jan 07 23:21:07 GMT 2024

पोखरा । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरू दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । ३२ वर्षीय अध्यक्ष पौडेल स्याङ्जा आँधिखोला ४ स्थायी वासिन्दा हुन् भने २८ वर्षीय अधिकारी पोखरा २३, खोरापाखाका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)