‘निर्वाचनमा गठबन्धन नगर्ने’ गगनको प्रस्तावमा छलफल गराउन देउवा सहमत
farakdhar.com · Mon Feb 19 18:02:31 GMT 2024
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । सोमबारदेखि ललितपुुरको गोदावरीमा सुरु भएको महासमिति बैठक सोही विषयका कारण पेचिलो बनेको थियो ।
सोमबारको उद्घाटन सत्रमा सभापति देउवाले यो विषयमा अहिले चर्चा नहुने भन्दै चुनावका बेला परिस्थिति हेरेर निर्णय गर्ने बताएका थिए । तर, गगनले प्रस्तावको मूल मर्म नै त्यही भएकाले संशोधन गर्न नसक्ने अडान लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
नेपाली कांग्रेस