मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशमा समायोजन भएका कर्मचारीलाई संघमा फर्कने बाटो बन्द : लोकसेवालाई लिखित परीक्षा र नतिजा प्रकाशन गर्न सर्वाेच्चको आदेश

nayapatrikadaily.com · Thu Jan 27 00:20:00 GMT 2022

सर्वाेच्चले भन्यो– संघीय स्वरूपको नयाँ संविधान जारी भएसँगै राजनीतिक, आर्थिक शक्ति निक्षेपीकरण भएको र सोको समुचित प्रयोगका निमित्त स्थापित प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्न प्रशासकीय संक्रमणकालीन व्यवस्थाका निमित्त कर्मचारी समायोजन गरिनुपर्ने देखियो । संविधान जारी भएपश्चात् नियुक्त भएकै आधारमा स्वतः संघमा समायोजन भएको मानिनुपर्ने भन्ने देखिन आएन ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर पनि अदालतको अन्तरिम आदेशको भरमा संघमै फर्कने प्रवृत्तिलाई सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले ‘नियुक्त भएकै आधारमा संघमा समायोजन भएको मानिनुपर्ने नदेखिएको’ भन्दै कर्मचारी समायोजनसँग सम्बन्धित रिट खारेज गरिदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)