ए डिभिजन लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु
kendrabindu.com · Sat Dec 25 13:40:46 GMT 2021
धनकुटामा शनिबारदेखि जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)