चौधरीको हत्यामा संलग्न दुई पक्राउ
ekantipur.com · Wed Aug 02 16:35:23 GMT 2023
विराटनगर — केही दिन अघि सुनसरीको धरान–इटहरी सडक खण्डमा भएको लुटपाट एवं गोली प्रहारमा संलग्न दुई जनालाई पक्राउ गरेको बुधबार प्रहरीले जनाएको छ । साउन ५ को साँझ भएको उक्त घटनामा गोली लागेका विराटनगर–५, कोचाखालका २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ वर्षीय अनसन तामाङ्ग छन् । उनीहरुले धरानबाट इटहरी गइरहेको को ३२ प १७९६ नम्बरको मोटरसाइकललाई रोकेर चालक चौधरी र उनको साथी विराटनगर–३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाइ लुटपाट गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)