नेपालमा गणतन्त्रात्मक संस्कृतिको विकास
rajdhanidaily.com · Sat Jan 23 18:03:19 UTC 2021
अलिकति राजनीतिक चहलपहल वृद्धि हुनासाथ नेपालको राजनीतिक वृत्तले नेपालको गणतन्त्रमाथि संकट आएको जस्तो भाव प्रकट गर्दछ । राजतन्त्रको लामो शासन बेहोरेको नपाली समाजमा गणतन्त्रको जरा राम्ररी फैलिसकेको छैन । राजतन्त्रलाई बिर्साउनेगरी देशको विकास र जनताको कल्याण भएको अनुभव पनि जनताले गर्न पाएका छैनन् । राजनीतिक स्थिरता नआइसक्दासम्म नेपालमा गणतन्त्रको जग मजबुत भयो भन्न पनि कठिन छ । यस परिवेशमा नेपालमा गणतन्त्रलाई सुदृढ बनाउदै लैजानुपर्ने देखिन्छ ।
गणतन्त्र संस्कृत भाषाबाट आएको आगन्तुक शब्द हो । यो दुई छुट्टाछुट्टै शब्दको समास भएर बनेको छ । गणको अर्थ जनता र तन्त्रको अर्थ शासन प्रणाली भएकाले गणतन्त्रलाई जनताको शासन भनिन्छ । नेपाली बृहत् शब्दकोषमा गणतन्त्रको अर्थ स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा सञ्चालित हुने राजनीतिक शासन प्रणालीको रूपमा स्पष्ट गरिएको छ । अंग्रेजीमा गणतन्त्रलाई रिपब्लिक भनिन्छ, जुन ल्याटिन शब्द रेस पब्लिकाबाट लिइएको हो, जसको अर्थ सार्वजनिक मामिला हुन्छ, अर्थात् सार्वजनिक मामिलामा जनताले निर्णय लिने अर्थमा बुझिन्छ । सामान्यतया गणतन्त्र जनताको शासन प्रणाली हो । जहाँ राजाको उपस्थिति हुँदैन । शासन प्रणालीमा जनताको संलग्नता हुन्छ । सबै जनताको शासन प्रक्रियामा प्रतिनिधित्व हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)