बारामा हत्या आरोपित पक्राउ
ekantipur.com · Tue Dec 26 17:15:29 GMT 2023
बारा — नेपाल प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता माध्यमिक विद्यालय बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या आरोपी सिंहलाई सीमावर्ती विश्रामपुर गाउँपालिको क्षेत्रबाट गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । भारत विहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंहको दुवै खुट्टामा गोली लागेर घाइते भएकाले प्रादेशिक अस्पताल कलैया लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)