मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेको राहदानी विवाद : मुद्दा दर्ता हुनुपर्ने मागसहित रिटमाथि आज सुनुवाइ 

nayapatrikadaily.com · Tue Apr 04 00:31:00 GMT 2023

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सिन्धुली घर भएका युवराज सफलले दायर गरेको उक्त रिटमाथि मंगलबार सुनुवाइ हुँदै छ ।

रिटमा महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रहरी परिसर टेकु र निर्वाचन आयोगका साथै रवि लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधिवक्ता पोखरेलले प्रहरी प्रतिवेदनका आधारमा प्रमाण नपुग्ने भन्दै ६ चैतमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही निर्णय खारेज गर्दै मुद्दा दायर हुनुपर्ने माग रिटमा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)