मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी पत्रकार अर्शद सरिफ हत्याको ४ वर्ष- अझै पक्राउ परेनन् दोषी

lokaantar.com

वरिष्ठ पाकिस्तानी खोजपत्रकार तथा टेलिभिजन प्रस्तोता अर्शद सरिफको केन्याली प्रहरीको गोलीबाट हत्या भएको चार वर्ष बितिसक्दा पनि दोषीमाथि कुनै कारबाही र गिरफ्तारी हुन सकेको छैन। हत्याका दोषीहरूलाई कारबाहीको दायरामा नल्याइँदा दण्डहीनता बढेको भन्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ र पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट्सले गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल निष्पक्ष न्यायको माग गरेका छन्।

आफ्नो व्यावसायिक पत्रकारिताका कारण निरन्तर धम्की आएपछि अगस्ट २०२२ मा पाकिस्तान छाडेर केन्यामा निर्वासित जीवन बिताइरहेका सरिफको २३ अक्टोबर २०२२ मा हत्या भएको थियो। राजधानी नैरोबी नजिकैको तिङ्गा बजार नजिकै उनी सवार गाडीमा केन्याको जनरल सर्भिस युनिटका प्रहरी अधिकारीहरूले अन्धधुन्ध गोली चलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)