च्याम्पियन–सपना फेरि अधुरै
ekantipur.com · Tue Sep 20 00:56:22 GMT 2022
काठमाडौँ — दशरथ रंगशाला परिसरमा सोमबार बिहानैदेखि चहलपहल थियो । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट काट्नेको लस्कर ९ बजे सुरु भइसकेको थियो । केहीबेरमै भीआईपीतर्फको टिकट पाउन छाड्यो । दिउँसो ३ बजे लगभग टिकट बिक्री बन्द भयो । १५ हजार दर्शक क्षमताको रंगशालाको प्यारापिट ४ बजे भरिइसकेको थियो । यसबीच ठूलो वर्षा भयो । तर, ‘फुटबल फ्यानहरू’ झरीमै रंगशाला प्रवेश गर्न गेटमा लामबद्ध थिए । खेल सुरु हुने बेलासम्म गेटबाहिर रु. ३ सयको टिकटका लागि १ हजारसम्म तिर्न तयार दर्शक प्रशस्तै देखिए ।
फाइनलमा नेपाल र बंगलादेशको प्रतिस्पर्धा साँझ ५ बजे सुरु हुने तोकिएको थियो । त्यसअघि नै भरिएका प्यारापिटका दर्शक टिमको ‘वार्म–अप’ मै हुटिङ गरिरहेका थिए । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकको तथ्यांक १५ हजार ७ सय ३० रहेको भन्यो । तर, सिटअनुसार त के हिँड्ने खुट्किलासमेत खाली थिएनन् । झरी रोकिएको केहीबेरमै खेल सुरु भयो । तर, मैदान हिलाम्य भइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)