राष्ट्रिय पार्टी बन्न नसकेको आरोप–प्रत्यारोपमै बित्यो नेकपा एसको चार दिने बैठक, ठोस निर्णय आएन
shilapatra.com · Tue Jan 03 15:59:00 GMT 2023
आम निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसके पनि चुपचापै बसेको नेकपा एकीकृत समाजवादीले नयाँ सरकारबारे धारणा बनाउन गत शनिबार स्थायी कमिटी बैठक बोलाएका थियो ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले–माओवादी केन्द्रले बनाएको नयाँ सत्ता समिकरणबारे स्थायी कमिटीले कुनै निर्णय लिन सकेन् । उल्टै पार्टीभित्र सुषुप्त अवस्थामा रहेको विवाद छताछुल्ल हुन पुग्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएर सरकारमा जाने वा विपक्षमा बस्ने भन्नेमा नेतृत्व विभाजित भए । पार्टीमा बलियो पकड रहेको सम्मानित नेता झलनाथ खनाल समूह तत्कालै समर्थन गर्ने पक्षमा देखिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)