आफ्नै निवासमा विपक्षी गठबन्धनको बैठक राखेर माधव नेपाल दिए सन्देश– एमाले एकताको आधार बनेको छैन, हामी गठबन्धनमै छौँ
nayapatrikadaily.com · Tue Jun 15 00:03:00 GMT 2021
शीर्ष नेताहरूले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन, राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको’ भन्दै पुनः स्पष्टता दर्शाएका छन्, साथै आपसी सम्बन्ध बलियो बनाउने र एक–आपसमा अविश्वास उत्पन्न गराउने विषयबाट सजग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्
सर्वोच्च अदालतले दशौँ महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेपछि एमालेभित्र एकताको विषय जोडतोडले उठिरहेका वेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो विपक्षी गठबन्धनप्रति आफ्नो प्रतिबद्धता र उत्तरदायित्वमा कुनै कमी नआएको सन्देश दिएका छन् । पार्टीभित्र आफ्नै समूहका नेताहरू एकता प्रयासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीनिकट नेताहरूसँग संवादमा रहेकै वेला वरिष्ठ नेता नेपालले आफ्नै निवास कोटेश्वरमा शीर्ष नेताहरूको बैठक आयोजना गरेर गठबन्धनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)