विश्वकपका नयाँ पाहुना : फुटबलको सपनालाई इतिहासमा बदल्न हिँडेका राष्ट्रहरू
nepalpress.com · Wed Jul 01 12:03:07 GMT 2026
तपाईंलाई सम्झना छ ? २०२२ को कतार विश्वकप अन्तर्गत नोभेम्बर २२ को त्यो दिन एउटा उलटफेर भयो । अचम्मै भयो ! फुटबल बुझ्ने र मनपराउने हरेकले सायद त्यो दिन कहिल्यै बिर्सने छैनन् ।
विश्वकपको पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको अर्जेन्टिना मैदानमा थियो । लगातार ३६ खेलमा अपराजित रहेको अर्जेन्टिना उच्च मनोबलसहित कप्तानमा लियोनेल मेस्सीको नायकत्वमा मैदान उत्रिएको थियो । अधिकांश विश्लेषकहरूले अर्जेन्टिनाको सहज जितको भविष्यवाणी गरेका थिए । विपक्षी थियो साउदी अरब- एउटा एशियाको टोली, जसलाई धेरैले समूह चरणको एक औसत सहभागीभन्दा बढी केही ठानेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट
फिफा
युरोकप