संवैधानिक इजलासः महान्यायाधिवक्ता खरेलमाथि न्यायाधीश सिन्हा हावी
ratopati.com
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरेका छन् । सोमबार दिनभर बहस गरेका खरेलले केपी ओली नेतृत्वको सरकार धारा–७६ (१) अनुसार नै बनेको दाबी गरेका छन् । खरेलले धारा–७६ (७) अनुसार अगावै प्रतिनिधिसभा विघटन गर्न मिल्ने बताए । नजिरमा उनले पटक–पटक ०५१ मा गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनको ब्याख्या गरे । सो विघटन अदालतले सदर गरेको थियो ।
बहसको दोस्रो सत्रमा खरेलमाथि न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल हावी भएका थिए । प्रधानभन्दा धेरै सिन्हा हावी भए । न्यायाधीशले सोधेका केही प्रश्नको उत्तर खरेलले दिए तर, सबै प्रश्नको उत्तरचाहिँ दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)