मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदको गतिरोध अन्त्य गर्न सभामुखको सक्रियता, प्रमुख शीर्ष नेतासँग आज पनि छलफल गर्ने

annapurnapost.com · Tue Aug 08 01:07:22 GMT 2023

काठमाडौं : सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पुन : बस्ने भएको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा सोमबार दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपश्चात आज पुन: छलफलमा जुट्न लागेका हुन्। आजको तीन दलको बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

आज बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरेसमेत उपस्थितिमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतकहरु सहभागी हुने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)