हतियारसहित एक जना पक्राउ
ratopati.com · Sat Oct 18 17:54:00 GMT 2025

भक्तपुर । जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड ७ थान बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)