मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२५९ नेपाल प्रहरी भिआइपीको सुरक्षामा : मापदण्डविपरीतका करिब ६ सय फिर्ता

nayapatrikadaily.com · Wed Nov 22 00:33:00 GMT 2023

सरकारले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा १२ सयभन्दा बढी जनपद प्रहरी परिचालन गरेको पाइएको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा विभिन्न निकायको पत्र तथा निर्णयानुसार नेपाल प्रहरीका एक हजार दुई सय ५९ कर्मचारी भिआइपीको सुरक्षामा खटाइएको भेटिएको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई गृह मन्त्रालयबाट प्राप्त नेपाल प्रहरीको विवरणअनुसार एक डिएसपी, ७ इन्स्पेक्टर, ९८ वरिष्ठ सइ, ६४ सइ, एक सय ८१ असइ, एक सय १६ वरिष्ठ हवल्दार, तीन सय १८ हवल्दार, दुई सय २५ सहायक हवल्दार, दुई सय ४४ जवान, पाँच प्रहरी कार्यालय सहयोगी भिआइपीलाई दिएको छ । भिआइपीलाई मापदण्डविपरीत व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) तथा ड्राइभर दिएको र त्यसको दुरुपयोग भइरहेको गुनासो आएपछि समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको विवरण र रक्षा मन्त्रालयसँग नेपाली सेनाका कर्मचारीको विवरण माग गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)