केन्द्रीय कमिटीमा प्रचण्ड-माधवको ब्रिफिङ- केपीले फकाइरहेछन्, मान्छे भेट्न पठाइरहेछन्
nepallive.com · Fri Feb 19 17:32:00 UTC 2021
काठमाडौं- नेकपा पुष्कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षका शीर्ष नेताहरूले केन्द्रीय सदस्यहरूलाई परिस्थिति तरल भएको बताउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आफूपक्षीय केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले 'राम्रो छनक नदेखाएका'ले जस्तोसुकै अवस्थाका लागि पनि तयारी रहन निर्देशन गरेका हुन्।
निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता नदिने संकेत पाएपछि प्रचण्ड-नेपाल पक्षले शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेका थिए। तर आयोगका पदाधिकारीले समय दिन नसक्ने बताएपछि दाहाल, नेपाल र श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)