गाई गुहालीमा लगेर किशोरीको बलात्कार
rajdhanidaily.com · Thu Sep 28 23:26:53 GMT 2023
राजविराज । एक दलित किशोरीलाई घरमा लगि बलात्कार गरिएको छ । सप्तरीकोे डाक्नेश्वरी नगरपालिका–३ की १६ वर्षीया दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटना गत ३ असोजमा भए पनि गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरीसमक्ष आइपुगेको हो । प्रहरीका अनुसार ३ असोजमा रातिको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगेर बलात्कार गरेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)