मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शालीन मृत्युको गहन अनुसन्धान गर्न चौतर्फी माग, परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

nayapatrikadaily.com · Sun Mar 03 00:16:00 GMT 2024

चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘घटनाको गहन छानबिन गरी सत्य–तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलमा ८ कक्षामा अध्ययनरत १४ वर्षीया पोखरेल गत १२ फागुनमा स्कुलको होटेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । परिवारले उनको हत्या भएको दाबी गर्दै विस्तृत अनुसन्धानको माग गरेका छन् । प्रहरीले निष्पक्ष र विस्तृत अनुसन्धान भइरहेको भन्दै धैर्यताका लागि आग्रह गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)