सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि तस्कर समूहको आक्रमण
onlinekhabar.com · Sun Oct 25 06:49:07 GMT 2026

८ कात्तिक, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।
शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)