राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान
nayapatrikadaily.com · Sun Sep 17 00:20:00 GMT 2023
४ असोजमा राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने अपेक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार साँझ न्युयोर्क प्रस्थान गरेका छन् । उनले आगामी ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कबाट ५ असोजमा चीन पुगेर १३ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेकाले प्रधानमन्त्री प्रचण्ड दुई साता देशबाहिर हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)