अधिकांश दुर्घटनाका कारण तीव्र गति
gorkhapatraonline.com · Sun Oct 25 07:18:37 GMT 2026

बाँकेमा एक महिनामा भएका सवारी दुर्घटनामध्ये अधिकांशको कारण तीव्र गति देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार असोजमा भएका १०५ वटा सवारी दुर्घटनामध्ये ९७ वटा तीव्र गतिका कारण भएका हुन् । दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन् ।
जिल्लाभर भएका दुर्घटनामा १५८ वटा सवारीसाधन सङ्लग्न थिए । तीमध्ये सात वटा दुर्घटना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, एउटा यान्त्रिक गडबडी र अर्को दुर्घटना अन्य कारणले भएको प्रहरीले जनाएको छ । दुर्घटनाको यो तथ्याङ्कले बाँकेमा सडक सुरक्षाका लागि गति नियन्त्रण र ट्राफिक नियमको पालना प्रमुख चुनौती बनेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)