मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तक्सा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

rajdhanidaily.com · Sun Sep 19 23:11:26 GMT 2021

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा पहिलोपटक आदेश दिने संवैधानिक इजलासका न्यायाधीश विभूषित गर्ने निर्णय गरेको छ । त्यस्तै, विघटनविरुद्ध मुद्दा दायर गर्नेदेखि इजलासमा उभिएर बहस गर्ने वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले विभूषित गर्ने निर्णय गरेको छ ।

दोस्रोपटक संसद् विघटन मुद्दामा सर्वोच्चको परमादेश आदेशकै कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ५ पुस २०७७ मा पहिलोपटक संसद् विघटन गरेपछि सोविरुद्ध रिट लिएर जाने अधिवक्ता दिनेश त्रिपाठीदेखि वरिष्ठ अधिवक्ताहरूलाई विभूषित गर्ने निर्णय भएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रसिद्ध प्रबल जनसेवाश्रीलाई विभूषणले विभूषित गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)