मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खैरो हेरोइनसहित दुई जना पक्राउ

ratopati.com · Sun Oct 25 15:10:44 GMT 2026

काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय अजय कुमार यादव र सोही ठाउँका २० वर्षीय अरविन्द कुमार यादव छन् । आरोपीहरूको साथबाट ५३ ग्राम ३ मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता (डीएसपी) जीवन निरौलाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)